citizens life insurance long ad
stcnepal long ad

भारत र श्रीलंकाको एकदिवसीय सिरिज आजदेखि

Nimb long ad
Prabhu Insurance Long Ad

भारत र श्रीलंकाको एक दिवसीय सिरिज शुक्रबार सुरु हुँदैछ। सिरिजको पहिलो खेल शुक्रबार दिउँसो २स्४५ बजे श्रीलंकाको कोलम्बु क्रिकेट मैदानमा सुरु हुनेछ।

सिरिज खेल्न रोहित शर्माको कप्तानीमा रहेको भारतीय टिम यसअघि नै कोलम्बु पुगिसेको छ। भारतले एकदिवसीय र टी(२० प्रतिस्पर्धाका लागि फरकफरक कप्तान बनाएको हो।

सूर्यकुमार यादवको कप्तानीमा यसअघि श्रीलंकाविरुद्ध खेलेको टी–२० सिरिजमा भारतले क्लिन स्वीप गरेको छ। तीन खेलमा तीन जित निकाल्दै भारतले टी–२० सिरिज जितेको हो।

ओडिआई सिरिज जित्दै प्रशिक्षक गौतम गाम्भीर सबै फरम्यार्टमा भारत अब्बल रहेको सावित गर्न चाहन्छन्।

श्रीलंकाको टिमको कप्तानी भने चरित असालान्काले गरेका छन्। घरेलु मैदानमा जारी सिरिज उचाल्ने लक्ष्य श्रीलंकाको छ। टी–२० सिरिज गुमाएको श्रीलंका एकदिवसीय सिरिजमा रक्षात्मक बन्ने देखिन्छ।

तीन खेलको यो सिरिज शुक्रबार सुरु भएर साउन २३ गते बुधबार सकिने छ। सिरिजको दोस्रो खेल साउन २० गते आइतबार हुनेछ।

IME Life
kumari