citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

इंग्ल्यान्ड लगातार दोस्रोपल्ट युरो फाइनलमा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

ओली वाट्किन्सले इन्ज्युरी समयमा गरेको उत्कृष्ट गोलमा इंग्ल्यान्डले युरो–२०२४ मा बुधबार नेदरल्यान्ड्सलाई २–१ ले हराएर फाइनल प्रवेश गरेको छ । अब आइतबार हुने उपाधिको भिडन्तमा इंग्ल्यान्डले स्पेनको सामना गर्नेछ ।

इंग्ल्यान्ड प्रतियोगिताको फाइनल पुगेको यो लगातार दोस्रो पल्ट हो । डर्टमन्डमा भएको यसपल्टको दोस्रो सेमिफाइनलमा नेदरल्यान्ड्सले जाभी सिमोन्सको गोलले सातौं मिनेटमै सुरुआती अग्रता लिएको थियो ।

यो अग्रता लामो समय टिकेन् र इंग्ल्यान्डका लागि ह्यारी केनले पेनाल्टीबाट बराबरी गोल फर्काए । केनले १८ औं मिनेटमा गोलपछि खेल बराबरीको स्थितिमा रह्यो र प्रतिस्पर्धा अतिरिक्त समय जाने सम्भावना बढेको थियो ।

तर वाटकिनसले दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेट निर्णायक गोल गरे र इंग्ल्यान्डलाई जित दिलाए । अब इंग्ल्यान्डसामु सन् १९६६ यता पहिलो ठूलो उपाधि जित्ने अवसर बन्ने छ ।

himalayan life insurance
igi long