stcnepal long ad
ime life insurance
national life
global ime bank long

युरो कपमा अल्बानियालाई हराउँदै स्पेन अन्तिम १६ मा, इटाली पनि सुरक्षित

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

स्पेन युरोकपको अन्तिम १६ मा प्रवेश गरेको छ । अपराजित रहँदै स्पेनले अन्तिम १६ मा स्थान बनाएको हो । समूह बी अन्तरगतको अन्तिम खेलमा अल्बानियालाई १–० गोल अन्तरले हराउँदै स्पेन ९ अंकका साथ प्रि क्वार्टर फाइनलमा पुगेको हो । स्पेनका लागि खेलको ४३ औँ मिनेटमा फारेन टोनेसले गोल गरे ।

गएराति नै भएको अर्को खेलमा अन्तिम मिनेटमा बराबरी गोल गर्दै साविक विजेता इटाली पनि अन्तिम १६ मा प्रवेश गरेको छ । इन्ज्युरी समयको अन्तिम समयमा एक गोलले पछि परेको अवस्थामा गोल गरेर क्रोएसियाविरुद्ध १–१ को बराबरी खेल्दै इटाली पनि अन्तिम १६ मा पुगेको हो ।

क्रोएसियाको भने ३ खेलमा २ अंक मात्र भएको छ । अल्बानिया भने १ अंक सहित समूहको अन्तिममा छ । प्रतियोगिता अन्तरगत आज समूह डीका अष्ट्रिया र नेदरल्याण्ड तथा फ्रान्स र पोल्याण्ड बिचको खेल हुनेछ ।

prabhu mahalaxmi
kumari