citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

टी–२० विश्वकप: बङ्गलादेशमाथि भारतको सानदार जित

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

सेन्ट भिन्सेन्ट । बङ्गलादेशमाथि सानदार जित निकाल्दै भारत आइसिसी टी–२० विश्वकपको सेमिफाइनल नजिक पुगेको छ । सुपर आठअन्तर्गत एन्टीगुवास्थित सर भिभिएन रिचार्ड्स स्टेडियममा शनिबार राति भएको खेलमा भारतले बङ्गलादेशलाई ५० रनले हरायो ।

सुपर आठमा लगातार दोस्रो जितसँगै भारतले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अघिल्लो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले हराएको थियो ।

जितसँगै सुपर आठको समूह ‘ए’ मा रहेको भारत चार अङ्कसहित शीर्षस्थानमा छ । एक खेलबाट दुई अङ्क बनाएको अष्ट्रेलिया दोस्रो स्थानमा छ ।

लगातार दोस्रो हार खेपेको बङ्गलादेशको सेमिफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ । पहिलो खेलमा हार खेपेको अफगानिस्तान पनि अङ्कबिहिन छ ।

जितका लागि भारतले दिएको एक सय ९७ रनको लक्ष्य पछ्याएको बङ्गलादेश निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४६ रनमा समेटिएको थियो ।

बङ्गलादेशका लागि कप्तान नाज्मुल हसन सान्टोले सर्वाधिक ४० रन बनाउनुभयो । यस्तै तान्जिद हसनले २९, ऋषाद होसेनले २४, लिटन दास र महमुदुल्लाहले समान १३/१३ तथा साकिब अल हसनले ११ रन बनाउनुभयो ।

बलिङमा भारतका कुलदीप यादवले तीन विकेट लिनुभयो । अर्शदिप सिंह र जसप्रित बुम्राहले समान दुई दुई तथा हार्दिक पाण्डेयले एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ९६ रन बनाएको थियो ।

भारतका लागि हार्दिक पाण्डेयले सर्वाधिक ५० रन बनाउनुभयो । यस्तै विराट कोहलीले ३७, ऋषभ पन्तले ३६, शिभम् दुबेले ३४ र कप्तान रोहित शर्माले २३ रन जोड्नुभयो ।

बलिङमा बङ्गलादेशका तान्जिम हसन सकिब र ऋषाद होसेनले दुई दुई विकेट लिनुभयो । साकिब अल हसनले एक विकेट झार्नुभयो ।

 

himalayan life insurance
igi long