stcnepal long ad
national life

इटालिय सिरी ए स् मिलानसँग युभेन्टसको लज्जास्पद हार

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको युभेन्टस एसी मिलानसँग लज्जास्पद पराजित भएको छ । मिलानको घरेलु मैदानमा मंगलबार राति भएको खेलमा युभेन्टस ४–२ गोलले पराजित भएको हो ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । मिलान र युभेन्टस दुवै टोलीले सबै गोल दोस्रो हाफमा नै गरेका थिए ।

दोस्रो हाफ सुरू भएको ३ मिनेटमै युभेन्टसले अग्रता लिएको थियो । खेलको ४७ औं मिनेटमा आद्रेएन रबिओटले गोल गर्दै आहुना टोलिलाई १–० गोलको अग्रता दिलाएका थिए ।

त्यसको छ मिनेट नबित्दै युभेन्टसले अग्रता दोब्बर बनायो । क्रिस्टियानो रोनाल्डोले खेलको ५३ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

युभेन्टसले दोस्रो हाफको सुरुवाती ८ मिनेटमा नै २–० को अग्रता लिएपनि १८ मिनेटको अन्तरमा लगातार ४ गोल खानुपर्यो ।

खेलको ६२ औं मिनेटमा ज्लाटन इब्राहिमोविचले पेनाल्टीमा गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए । मिलानले भिडियो असिस्टेन्ट रेफ्रीको सहायताले पेनाल्टी पाएको थियो । लिओनार्डो बोनुचीले कर्नरमा ह्यान्ड गरेपछि रेफ्रीले रिप्ले हेरेर पेनाल्टी दिएका थिए ।

६६ औं मिनेटमा फ्यांक केसिएले गोल गर्दै खेल २(२ को बराबरीमा ल्याए । पेनाल्टी क्षेत्रभित्र ज्लाटनसँग वन टु पास खेलेका केस्सीले सहजै गोल गरेका थिए ।

त्यसको एक मिनेटमा नबित्दै राफेल लेअओले गोल गर्दै मिलानलाई ३(२ को अग्रता दिलाए । एन्टे रेबिचको पासलाई पोर्चुगिज फरवार्ड राफाएल लिआओले गोलमा परिणत गर्दै पुनरागमन जितको आधार बनाए । त्यसपछि ८० औं मिनेटमा एन्टे रेबिचले गोल गर्दै मिलानलाई ४–२ गोलको फराकिलो जित दिलाए ।

यस जितसँगै मिलान ३१ खेलबाट ५९ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । पराजित युभेन्टस समान खेल खेल्दै ७५ अंक सहित शीर्ष स्थानमा यथावत छ । युभेन्टसले शीर्ष स्थानमा दोस्रो स्थानको लाजिओभन्दा सात अंकले अगाडि छ ।

gold
kumari bank
kumari
nawakantipur long