तिृतिय मनास्लु एस.ई.ई. ३X३ बास्केटबल प्रतियोगिता सञ्चालन गर्दै मनास्लु स्कुल

काठमाडौं । आज अषाढ १ र २ गते शनिवार नयाँबजार, काठमार्डौ स्थित मनास्लु स्कुल ले एस.ई.ई. दिएर बसेका विद्यार्थिहरूका लागि बास्केटबल प्रतियोगिता सञ्चालन गर्ने भएकोछ ।
पुरूष तर्फ २६ र महिला तर्फ १२ वटा टिमहरूले प्रतिस्पर्धा गर्ने यस प्रतियोगिता नया बजार स्थित स्कुलको आफनै परिसरमा सञ्चालन हुनेछ । पुरूष तथा महिला दुवै तर्फ प्रथम हुने टोलिले रू. १,५००० तथा द्वितिय हुने टोलिहरूले रू. १०,००० धनराशि पुरस्कार प्राप्त गर्नेछन् ।
खेल भावना अनुरूप खेलाडीहरू विच मित्रता अभिबृद्धि गर्ने उदेश्यका साथ यस प्रतियोगिताको आयोजना हुन लागेको आयोजक स्कुलका बास्केटबल प्रशिक्षक तथा प्रतियोगिता संयोजक शैलेश श्रेष्ठले जानकारी गराउन भयो । फिबा मान्यता प्राप्त निर्णायकहरूले खेलाउने यस प्रतियोगिताको समापन यहि असार २ गते हुदैछ ।