stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

टी–२० विश्वकपमा आज तीन खेल हुँदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। जारी आइसीसी टी–२० विश्वकपमा आज तीन खेल हुँदै छन्। आज पहिलो खेल समूह सी मा रहेका पीएनजी र युगाण्डाबीच हुने छ।

गुयनास्थित प्रोभीडेन्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ५:१५ बजेदेखि शुरु हुने छ। जारी विश्वकपमा पीएनजी र युगाण्डा दुवैले आआफ्नो पहिलो खेलमा हार बेहोरेका छन्।

त्यस्तै आज दोस्रो खेल समूह बी मा रहेका अस्ट्रेलिया र ओमानबीच हुने छ। वार्बाडोसस्थित किंग्सटेन ओभलमा हुने यो खेल नेपाली समय अनुसार बिहान ६:१५ बजेदेखि हुने छ।

यस विश्वकपमा अस्ट्रेलियाको यो पहिलो खेल हो भने ओमानले आफ्नो पहिलो खेलमा नामिबियासँग हार बेहोरेको छ। यो अस्ट्रेलिया र ओमानले खेल्न लागेको पहिलो अन्तर्राष्ट्रिय टी–२० क्रिकेट हो।

त्यस्तै आज तेस्रो खेल समुह ए अन्तर्गतको अमेरिका र पाकिस्तानबीच हुने छ। डल्लासस्थित ग्राण्ड पेरी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९:१५ बजेदेखि शुरु हुने छ।

यस विश्वकपमा पाकिस्तानको यो पहिलो खेल हो भने अमेरिकाले यसअघि क्यानडालाई पराजित गरेर २ अंक हासिल गरेको छ।

prabhu mahalaxmi
kumari