citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

म्यानचेस्टर युनाइटेड र आर्सनलबीचको खेल आज राति

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

इंग्लिस प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर युनाइटेड र आर्सनलबीचको खेल आज राति हुँदैछ । दोस्रो स्थानमा रहेको आर्सनल र आठौं स्थानमा रहेको म्यानचेस्टर युनाइटेडबीचको खेल युनाइटेडको घरेलु मैदान  ओल्ड ट्राफोर्डमा  नेपाली समय अनुसार  राति ९:१५ बजेबाट सुरु हुने तालिका रहेको छ ।

म्यानचेस्टर युनाइटेडविरुद्ध मैदानमा उत्रँदा आर्सनलको एउटै उदेश्य भनेको जित हात पार्ने र तालिको शीर्ष स्थानमा उक्लिने हुनेछ ।

आर्सनलले ३६ खेलबाट ८३ अंक जोडेको छ । यता शीर्ष स्थानको म्यानचेस्टर सिटीको ३६ खेलमा ८५ अंक छ ।  आज रातिको  खेलमा  जित हात  पारे  आर्सनल ८६ अंक सहित शीर्ष  स्थानमा उक्लिने छ ।

यता ३५ खेल खेलेको म्यानचेस्टर युनाइटेडको ५४ अंक छ । आज रातिको खेलमा जित हात पारे पनि म्यानचेस्टर युनाइटेडले आठौं स्थानमै रहनेछ ।

himalayan life insurance
igi long