क्षत्री समाज नेपालद्धारा केन्द्रीय पदाधिकारीको जिम्मेवारी बाँडफाँड
पोखरा । क्षत्री समाज नेपाल को चौथौ राष्टिय महाधिवेशनबाट निर्वाचित कार्यसमिति सचिवालय बैठकले केन्द्रीय पदाधिकारीको जिम्मेवारी बाँडफाँड गरेको छ ।
प्रदेश स्तरबाट निर्वाचित लुम्बीनी प्रदेशको इन्चार्ज उपाध्यक्ष लाल बहादुर अधिकारी ,गण्डकी प्रदेश इन्चार्जमा उपाध्यक्ष राजेन्द्र अधिकारी , बागमती प्रदेश इन्चार्ज मा उपाध्यक्ष श्याम कार्की लाई प्रदेश अन्तर्गत जिल्लाहरुको अधिवेशन गराउने समेटन बाकी रहेका जिल्लाहरुको प्रतिनिधित्व गराउने जिम्मेवारी दिएको छ ।
त्यस्तै महिला उपाध्यक्ष अमृत देबी बानिया लाई महिला समाज इन्चार्ज बनाइएको छ । सो अनुसार देशभरका महिला समाजहरुको सङठनलाई सकृय बनाई महाधिवेशन गराउने जिम्मेवारी दिएको छ ।
समाजको बिभिन्न उद्देश्य अनुसार कार्य गर्ने गरी महासचिव कृष्ण बहादुर थापा लाई सङठन योजनाको जिम्मेवारी ,कोषाध्यक्ष पदम बहादुर कार्की लाई आर्थिक विकासको जिम्मेवारी सहित विभिन्न जिल्लाहरुको इन्चार्ज तोकिएको छ ।
जातीय सदभाव ,राष्टिय एकता अभियानलाई समाजले स्थापित गराउदै राष्टिय अखण्डताको लागी विविध रचात्मक कार्यहरु गदै आएको महासचिव कृष्ण बहादुर थापाले बताए ।
समाजका केन्द्रीय अध्यक्ष रिव बहादुर थापाको सभापत्तित्वमा भएको कार्यक्रममा केन्द्रीय पदाधिकारीलाइ स्वागत सहित पदस्थापन गरीएको छ ।
सो कार्यक्रममा गण्डकी प्रदेश उपाध्यक्ष लक्ष्मी अधिकारी ,प्रदेश लेखा अध्यक्ष गणेश के।सी ,कास्की चिल्ला अध्यक्ष दिल बहादुर अधिकारीले , कार्यकाल सफलताको शुभकामना सहित भनाई राखेका थिए ।
सो बैठकले असोज मसान्त सम्म सम्पुर्ण भातृसमाजको अधिवेशन गने ,मनोनित गन आवश्यक मापदण्ड तय गर्ने , समाजले विभिन्न चरणमा राज्यपक्ष संग भएका सम्झौंता कार्यन्वन गराउन पहल गने आरक्षणलाई बर्गिय रुपमा गराउन पहल गर्ने लगायतका महत्वपुर्ण निर्णय गरिएको महासचिव थापाले बताए ।