स्पेसिन लालिगाः रियल म्याड्रिडको उपाधि जित्ने संभावना बलियो
एजेन्सी । स्पेसिन लालिगामा रियल म्याड्रिडको उपाधि जित्ने संभावना बलियो भएको छ । लिग अन्तर्गत गएराति भएको खेलमा गेटाफे माथि १–० को साँघुरो जित निकाल्दै रियल म्याड्रिडले दोस्रो स्थानको बार्सिलोनासँग चार अंकको अग्रता कायम गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा रियल म्याड्रिडलाई विजयी गराउन ७९ औँ मिनेटमा सर्जियो रामोसले पेनाल्टी मार्फत निर्णायक गोल गरे । यो गोलसँगै रामोसले स्पेनिस लिग फुटबलमा ४ सय ५० गोल पुरा गरेका छन् । जितपछि शीर्ष स्थानको रियल म्याड्रिडको ३३ खेलबाट ७४ अंक भएको छ ।
समान खेलबाट बार्सिलोनाको ७० अंक छ । अब लिगमा बाँकी पाँच खेल मध्ये चार खेलमा जित निकालेमा रियाल मड्रिडले किर्तीमानी ३४ औं पटक स्पेनिस लिग जित्नेछ ।
लिग अन्तर्गत गएराति नै भएको अर्को खेलमा ओसासुनाले आइबरलाई २–० ले तथा रियाल सोसिडाडले इस्पानियोललाई २–१ ले पराजित गरे ।




























