citizens life insurance long ad
stcnepal long ad
national life

वाफ उपविजेता महिला फुटबल टोली नगदसहित सम्मानित

Prabhu Insurance Long Ad

काठमाडौं । गत फागुनमा साउदी अरेबियामा भएको वाफ फुटबल च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीका सदस्यहरु नगदसहित सम्मानित भएका छन् ।एनआईसी एसिया बैंकले सोमबार साँझ खेलाडीहरुलाई नगदसहित सम्मान गरेको हो ।

उपविजेता बन्न सफल टोलीका खेलाडी जनही २५ हजार रुपैयाँबाट सम्मानित भएका अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

यस्तै राष्ट्रिय टिमकी गोलकिपर अन्जन राना मगरलाई एनआईसी एसिया बैंकले ब्राण्ड प्रमोटर नियुक्त गरेको छ ।

पहिलो पटक वाफ महिला च्याम्पियनसिप खेलेको नेपाली टोली उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगेको थियो । तर फाइनलम जोर्डनसँग पेनाल्टी सुटआउटमा पराजित भएर उपविजेता बनेको थियो ।

himalayan life insurance
igi long