sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

इंग्ल्यान्डको ‘सी’ टिमसँग नेपाली राष्ट्रिय फुटबल टिम पराजित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले इंग्ल्यान्डको ‘सी’ टिमसँग पराजय भोगेको छ। इंग्लिस टिममा इंग्ल्यान्डका लिग नखेल्ने खेलाडी समावेश थिए।

सोमबार इंग्ल्यान्डको अल्डरसट टाउन एफसीको इबिबी रंगशालामा भएको खेलमा नेपाल २–० गोलले पराजित भएको हो। नेपालले दुवै गोल पहिलो हाफमा खाएको थियो। दोस्रो हाफमा नेपालले सुधारिएको खेल प्रदर्शन गरेको थियो।

खेलमा नेपालका गोलकिपर किरणकुमार लिम्बूले इंग्लिस टिमका डरलाग्दा आक्रमण विफल पारेका थिए। यसअघि शनिबार नेपाल र ब्रिटिस आर्मीबीचको मैत्रीपूर्ण गोलरहित बराबरीमा सकिएको थियो।

फिफा विश्वकप तथा एएफसी एसिया कपको दोस्रो चरणको छनोटको तयारीका लागि नेपाली टिम बेलायत पुगेको हो। नेपालले आगामी जेठ २४ गते घरेलु मैदानमा युएईसँग खेल्दैछ। यसअघिका चारैमा नेपाल पराजित भए थियो।

gold
prabhu bank
nawakantipur long