citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ । बिहीबार राति भएको खेलमा ब्राइटनमाथि ४–० को एकतर्फी जित निकालेपछि म्यानचेस्टर सिटीले आफूलाई उपाधि होडमा बलियोगरी प्रस्तुत गरेको छ ।

३४ औँ चरणको खेल हुँदा अहिले आर्सनल ७७ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहँदा सिटी भने ३३ खेलबाट ७६ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । यस्तै, तेस्रो स्थानमा रहेको झरेको लिभरपुलको ३४ खेलबाट ७४ अंक भएको छ ।

अब सिटीले ५ खेल खेल्न बाँकी रहँदा आर्सनल र लिभरपुलका चार खेलमात्रै बाँकी छन् । अबका खेलको नतिजाका आधारमा प्रिमियर लिगको उपाधि छिनोफानो हुने छ ।

बिहीबार राति सिटीलाई जिताउनका लागि फिल फोडेनले २ गोल गर्दा केभिन डी ब्रुएना र जुलियन अल्भारेजले एक एक गोल गरेका थिए ।

ब्राइटनको मैदाानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनाले १७ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । २६ औँ मिनेटमा फिल फोडेनले शानदार गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए ।

यसैगरी ३४ औँ मिनेटमा फोडेनले बर्नान्डो सिल्भाको पासमा व्यक्तिगत दोस्रो गोल गरेपछि सिटी पहिलो हाफमै ३–०को सहज अवस्थामा पुगेको थियो ।

६२ औँ मिनेटमा वाल्करको पासमा अल्भारेजले गोल गरेपछि सिटी ४–० को सहज र एकतर्फी जित निकाल्दै स्पष्ट ३ अंक थप गर्न सफल भयो ।

सिटीको जितसँगै प्रिमियर लिगको उपाधि होड तीन टोलीका बीचमा केन्द्रित भएको छ । पराजित भएको ब्राइटन भने ४४ अंकका साथ तालिकाको ११ औँ स्थानमा छ ।

gold
himalayan life insurance long ad