citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

इंग्लिस प्रिमियर लिग : चेल्सीमाथि आर्सनलको पाँच गोल

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

लन्डन । काइ हार्भेटेज र वेन ह्वाइटले गरेको दुईरदुई गोलको मद्दतले आर्सनलले इंग्लिस प्रिमियर लिगमा मंगलबार चेल्सीलाई सजिलै ५–० ले पराजित गरेको छ ।

यो जितसँगै शीर्षमा रहेको आर्सननले उपाधि होडमा रहेका लिभरपुल र म्यानचेस्टर सिटीमाथि पनि दबाब बढाएको छ ।

आर्सनलका लागि लियानड्रो ट्रोसार्डले पनि एक गोल गरे । यो नतिजापछि आर्सनलले लिभरपुलमाथि तीन र सिटीमाथि चार अंकको अग्रता लिएको छ । डिफेन्डिङ च्याम्पियन सिटीले भने दुई खेल कम खेलेको छ ।

लिभरपुलले भने एक खेल कम खेलेको छ । मिखेल आर्टेटाको आर्सनललाई ठूलो गोल अन्तरको फाइदा छ र यो उपाधि होडमा निर्णायक पनि हुन सक्नेछ ।

himalayan life insurance
igi long