stcnepal long ad
global ime bank long

एसीसी प्रिमियर कप: नेपाल र साउदी भिड्दै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

एसीसी प्रिमियर कप २०२४ अन्तर्गत आफ्नो समूह चरणको अन्तिम खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (बुधबार) साउदी अरबसँग खेल्दैछ।

ओमानको अल अमरेत क्रिकेट मैदान दुई मा हुने खेल बिहान ११ः४५ बजे सुरु हुनेछ। नेपालले आजको खेलमा जस्तो सुकै नतिजा निकालेपनि समूह विजेताको रुपमा सेमिफाइनल खेल्नेछ।

यद्यपी नेपाल आजको खेलमा साउदीलाई हराउँदै समूह विजेताको रुपमा सेमिफाइनल खेल्न चाहन्छ। साउदीको भने नेपालमाथि जित निकालेपनि नेट रनरेटको आधारमा अघिल्लो चरणको यात्रा तय हुनेछ।

नेपाल रहेको समूह ‘ए’ मा ३ खेलमा अपराजित रहेको नेपाल ६ अंकमा तालिकाको शीर्ष स्थानमा छ। ४ खेल खेलेको कतार ४ अंकसहित दोस्रो स्थानमा छ। साउदी, मलेसिया र हङकङको समान ३ खेलबाट २ अंक छ।

समूह ‘ए’ अन्तर्गत नै आज नेपाल र साउदी भिड्दा सोही समयमा नै मलेसिया र हङकङ खेल्नेछन्।त्यसैले नेपाल बाहेकका अन्य टोलीको अघिल्लो चरण यात्रा नेट रनरेटमा भर पर्नेछ।

नेपालले सेमिफाइनलमा समूह ‘बी’ को उपविजेता टोलीसँग खेल्नेछ। त्यसैले सेमिफाइनलमा नेपालको भेट कुवेत र युएई मध्य ए टोलीसँग हुनेछ।

समूह ‘बी’ बाट ओमानले सेमिफाइनलमा स्थान पक्का गर्दा कुवेत र युएईको सम्भावना बलियो छ। यो समूहमा समान ३ खेल खेलेका कुवेत र युएईको समान ४ अंक छ। ४ खेलबाट २ अंक बनाएको बहराइन र कम्बोडिया भने समूह चरणबाट नै बाहिरिसकेका छन्।

आज नै हुने समूह ‘बी’ को खेलमा कम्बोडियाले युएईको सामना गर्दा अर्को मैदानमा ओमान र कुवेत खेल्नेछन्।

IME Lifesidebar
kumari