stcnepal long ad
national life

साफ फुटबल एक बर्ष सर्‍यो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । यसै बर्ष हुने तय भएको दक्षिण एशियाली मुलुकहरुबीचको फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप एक बर्षका लागि स्थगित भएको छ ।

कोभिड १९ को संक्रमण जोखिमका कारण बंगलादेशमा गर्न लागिएको १३औं संस्करणको प्रतियोगिता एक वर्ष पछि सरिएको हो ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को सोमबार बसेको बैठकले तीन महिना पछिका लागि निर्धारित प्रतियोगिता अर्को बर्ष गर्ने निर्णय गरेको हो ।

तर सन् २०२१ को कुन महिनामा प्रतियोगिता गर्ने भन्ने बारेमा भने निर्णय भइसकेको छैन् । बंगलादेशले यस बर्ष लगातार दोस्रो पटक साफ आयोजना गर्ने जिम्मेवारी पाएको थियो ।

सन् २०१८ को १२ औं साफ पनि बंगलादेशको ढाकामा भएको थियो । नेपाल सेमिफाइनलसम्म पुगेको उक्त संस्करणको फाइनलमा भारतलाई २–१ ले हराउँदै माल्दिभ्सले उपाधि जितेको थियो ।

यसैगरी साफ बैठकले उमेर समूह अन्तरगत महिला र पुरुष प्रतियोगिताहरु साफ यू–१५ च्याम्पियनसिप र साफ यू–१८ वुमन्स च्याम्पियनसिप भने सेप्टम्बरको बैठकले तय गर्ने निर्णय गरेको छ ।

gold
kumari bank
kumari
nawakantipur long