stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

चेन्नई सुपर किंग्सले कोलकोतामाथि सहज जित

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले कोलकोता नाइट राइडर्सलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा चेन्नईले कोलकोतालाई ७ विकेटले पराजित गरेको हो।

कोलकोताले दिएको १३८ रनको लक्ष्य पछाएको चेन्नईले १७.४ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो। यस अघि टस हारेर पहिला ब्याटिङ गरेको कोलकोताले २० ओभरमा ९ विकेट गुमाउदै १३७ रन मात्र बनाएको थियो।

चेन्नईको यो जारी सिजनमा तेस्रो जित हो। ५ खेलमा ३ जित र २ हारसहित चेन्नईको ६ अंक भएको छ। त्यस्तै कोलकोताको भने यो पहिलो हार हो । ४ खेलमा ३ जित र एक हारसहित कोलकोताको ६ अंक रहेको छ।

prabhu mahalaxmi
kumari