stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

विराट गोल्ड कपको उपाधी मच्छिन्द्रलाई

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

विराटनगर । घरेलु टिम सांग्रिला मोरङ एफएलाई पराजित गर्दै काठमाडौंको मच्छिन्द्र फुटबल क्लब विराटनगरमा जारी रात्रीकालिन विराट गोल्ड कप फुटबल प्रतियोगिताको उपाधी जितेको छ ।

शनिवार विराटनगरस्थित शहिद रंगशालामा भएको फाइनल खेलमा मच्छिन्द्र फुटबल क्लबले सांग्रिला मोरङ फुटबल एशोसिएशनलाई २(० ले पराजित गर्दै विराट गोल्ड कप जितेको हो ।

यो जित सँगै मच्छिन्द्र फुटबल क्लबले ११ लाख नगद सहित ट्रफी उचालेको हो । मच्छिन्द्र फुटबल क्लबले यो सिजनमा केपी ओली ट्रफी र बाग्मती ट्रफी सँगै आठौं विराट गोल्ड कप जितेको हो ।

अत्यन्त प्रतिस्पर्धात्मक खेलमा ९० मिनेटको निर्धारित समयमा कुनै गोल नभएपछि ३० मिनेट समय थपिएको थियो ।

थपिएको समयको दोश्रो हाफमा मच्छिन्द्र फुटबल क्लबका छिरिङ गुरुङले पहिलो गोल गरी अग्रता दिएकोमा खेल सिद्धिन २ मिनेट बाँकी छँदा मच्छिन्द्र कै हिसुब थपलियाले गरेको दोश्रो गोलले मच्छिन्द्र फुटबल क्लबलाई सिजन कै तेश्रो उपाधी दिलाएको हो ।

शनिवारको फाइनल खेलको प्लेयर अफ द म्याच मच्छिन्द्र फुटबल क्लबका लकेन लिम्बु घोषित भएका छन् । उनले ११ हजार नगद प्राप्त गरेका छन् । सांग्रिला मोरङ फुटबल एशोसिएशनले उपविजेता बन्दै ५ लाख ५० हजार रुपैया नगद सहित शिल्ड प्राप्त गरेको छ ।

आठौं विराट गोल्ड कप फुटबल प्रतियोगिताको उत्कृष्ट गोलकिपर मच्छिन्द्र फुटबल क्लबका बिशाल श्रेष्ठ, उत्कृष्ट कोच मच्छिन्द्रका सन्तोष न्यौपाने, र्सवाधिक गोलकर्ता मच्छिन्द्रका स्टेफेन विनोङ, सर्वोत्कृष्ट खेलाडी सांग्रिला मोरङका महेन्द्र कार्की घोषित भएका छन् । उनीहरुले २१ हजार नगद प्राप्त गरेका छन् ।

सो प्रतियोगितामा नेपालका सात वटा, भारतका दुइवटा र भुटानको एउटा गरी दश वटा टिमले भाग लिएका थिए ।

prabhu mahalaxmi
kumari