stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

आइपिएल–दिल्लीमाथि कोलकोताको फराकिलो जित

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तरगत कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई १०६ रनको फराकिलो रन अन्तरले पराजति गरेको हो।

कोलकोताले दिएको २७३ रनको विशाल लक्ष्य पछाएको दिल्ली १७.२ ओभरमा १६६ रन बनाएर अल आउट भएको थियो। त्यसैगरी यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कोलकोताले २० ओभरमा ७ विकेट गुमाउँदै २७२ रन बनाएको थियो।

यो आइपिएल इतिहासमा एक इनिङमा बनेको दोस्रो ठूलो टोटल हो। यसअघि यसै आइपिएलमा सनराइजर्सले मुम्बई इण्डियन्सविरुद्ध २७७ रन बनाएको थियो।

यो जितपछि कोलकोताले लगातार तीन खेलमा जित हासिल गर्दै ६ अंकसहित शिर्ष स्थानमा रहेको छ। त्यसैगरी दिल्लीको भने ४ खेलमा एक जित र तीन हारसहित केवल २ अंक रहेको छ।

prabhu mahalaxmi
kumari bank
kumari