citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

युएसए ओपन कराँतेमा एरिकालाई स्वर्ण

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौँ । नेपालकी कराँते स्टार एरिका गुरुङले युएस ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक जित्नुभएको छ ।

एरिकाले अमेरिकाको‌ टेक्ससमा जारी प्रतियोगितामा यु(२१ इलाइट महिला ६८ केजी माथि तौल समूहमा स्वर्ण पदक जित्नुभएको हो । फाइनलमा उहाँले आयोजक अमेरिकाको खेलाडीलाई पराजित गर्नुभएको थियो ।

चीनमा गत असोजमा भएको १९औँ एसियाली खेलकुद (एसियाड) मा नेपाललाई ऐतिहासिक रजत पदक दिलाउन सफल एरिका युएस ओपन अन्तर्राष्ट्रिय करातेको ६८ केजी माथि (सिनियर) खुलातर्फ पनि फाइनलमा पुग्नुभएको छ ।

यस प्रतियोगितामा सहभागि नेपालका अर्का खेलाडी विप्लभलाल श्रेष्ठ पुरुष ८४ केजी मुनि तौल समूहको सेमिफाइनलमा पराजित हुनुभयो । चार सदस्यीय नेपाली कराँते टोलीको‌ प्रशिक्षकमा कुशल श्रेष्ठ र दीपक श्रेष्ठ रहनुभएको छ ।

 

himalayan life insurance
igi long