citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

लिभरपुललाई हराउँदै युनाइटेड एफए कपको सेमिफाइनलमा

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

म्यानचेष्टर युनाइटेडले लिभरपुललाई अतिरिक्त समयमा ४३ ले पराजित गर्दै एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

निकै प्रतिस्पर्धात्मक खेलमा अमाद डियालोले अतिरिक्त समयमको अन्तिममा गोल गर्दै युनाइटेडलाई जित दिलाएका थिए ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा स्कट म्याकटोमिनेले १०औं मिनेटमा गोल गर्दै युनायटेडलाई अग्रता दिलाएका थिए ।

तर, म्याक एलिस्टरले ४४औं र मोहमद सालहाले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै लिभरपुललाई २–१ को अग्रता दिलाए ।

पराजय नजिक पुगेको युनाइटेडका लागि एन्टोनीले ८७औं मिनेटमा गोल गर्दै खेल २(२ को बराबरीमा पुर्‍याए ।

निर्धारित समयमको खेल २(२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । १०५औं मिनेटमा हार्भे एलिओटले गोल गर्दै लिभरपुललाई ३–२ को अग्रता दिलाए ।

तर, ११२औं मिनेटमा युनाइटेडका मार्कुस रासफोर्डले गोल गरेपछि खेल ३–३ को रोमाञ्चक स्थितिमा पुग्‍यो ।

अन्तिम समयमा डियालोले गोल गर्दै युनाइटेडलाई ४–३ को जित दिलाउँदै सेमिफाइनल पुर्‍याए ।

त्यसअघि भएको खेलमा चेल्सीले लेस्टर सिटीलाई ४–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ ।

यसअघि नै म्यानचेष्टर सिटी र कोभेन्ट्री सिटीले अन्तिम चारमा स्थान बनाइसकेका छन् । अब अप्रिल २१ मा हुने सेमिफाइनलमा सिटी र र चेल्सी तथा युनाइटेड र कोभेन्ट्रीबीच खेल हुनेछ ।

 

himalayan life insurance
igi long