टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाः पपुवा न्युगिनीविरुद्ध नेपाल ब्याटिङ गर्दै
काठमाडौं । नेपाल, हङकङ र पपुवा न्युगिनीबीच जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको अन्तिम खेलमा आज नेपालले पपुवा न्युगिनीसँग खेल्दैछ ।
खेल मोङकोकस्थित मिसन रोडमा अहिले भइरहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले अहिले ब्याटीङ गरिरहेको छ ।
हेड टु हेडका आधारमा बलियो देखिएको नेपालले पछील्लो ४ खेलमा ३ जित निकाल्दा एक मात्र खेल पिएनजीले जितेको छ ।
यसअघि पहिलो खेलमा नेपालले हङकङसँगको खेल बर्षाले रद्द भएपछी अंक बाढेको थियो । त्यसैले नेपालले आजको खेल जितेमा फाइनलमा स्थान बनाउनेछ ।
यदि बराबरीको अवस्थामा पुगे नेट रन रेटले फाइनलिष्टको टुङ्गो लगाउनेछ । त्यसैगरी आज दोस्रो खेल हङकङ र पीएनजीबीच हुँदैछ । यो खेल नेपाली समय अनुसार सबा ११ बजेदेखि शुरु हुनेछ ।
भोलि शृङ्खलाको फाइनल खेल हुनेछ । आगामी जेठमा हुने टि २० विश्वकपको लागी नेपालले तयारी स्वरुप हङकङ भ्रमण गरेको हो ।