citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

लिभरपुलले नटिङ्ङ्घम फोरेस्टलाई १–० गोल अन्तरले कठिन जीत

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

इंग्लिस प्रिमियर लिग फूटबलमा कठिन जीत निकालेको छ । उपाधि होडमा रहेको लिभरपुलले शनिवार राति भएको २७औँ साताको खेलमा नटिङ्ङ्घम फोरेस्टलाई १–० गोल अन्तरले हराएको हो ।

पाहुना टोली लिभरपुलले अतिरिक्त समयको पनि अन्तिम समयमा गोल गरेर कठिन जीत सुरक्षित गर्न सफल भयो ।

निर्धारित ९० मिनेटको खेल ०–० भएका बेला अतिरिक्त समयको नवौं मिनेटमा लिभरपुलका लागि उरुग्वेन स्ट्राइकर डार्विन नुनेजले गोल गरेर महत्त्वपूर्ण जीत पक्का गराए ।

उनको गोलमा अर्जेन्टिनाका एलेक्स म्याक अलिस्टरले असिस्ट गरेका थिए ।
यो जीतपछि शीर्ष स्थानको लिभरपुलले २७ खेलपछि ६३ अंक जोडेको छ ।

एक खेल कम खेलेको दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई लिभरपुलले चार अंकले पछि छाडेको छ ।

himalayan life insurance
igi long