stcnepal long ad
Himalayan bank

चेल्सीलाई हराउँदै लिभरपुलले जित्यो उपाधि

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

लिभरपुलले इएफएल (काराबाओ) कप जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा चेल्सीलाई १–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले इएफएल कपको उपाधि जितेको हो ।

लिभरपुलको जितमा खेलको ३० मिनेटको अतिरिक्त समयमा भिर्गिल भान डाइकले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

उनले खेलको ११८औं मिनेटमा गोल गरेका थिए । यो जितसँगै लिभरपुलले इएफएल कप सबैभन्दा बढी १० पटक जितेको छ ।

इएफएल कप लिभरपुलपछि म्यानचेस्टर सिटीले ८, म्यानचेस्टर युनाइटेडले ६, चेल्सी र एस्टन भिल्लाले ५/५ पटक जितेका छन् ।

 

himalayan life insurance
igi long