stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेदरल्याण्ड्ससँग नेपाल ८ विकेटले पराजित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत पहिलो त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालमाथि नेदरल्यान्ड्सले जित हात पारेको छ। आज कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाललाई नेदरल्यान्ड्सले ८ विकेटले पराजित गरेको छ।

नेपालले दिएको १७३ रनको लक्ष्य नेदरल्यान्ड्सले ३७.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो।नेदरल्यान्ड्सको जितमा विक्रमजित सिंहले नटआउट ५८ रन र साइबन्ड एंगलब्रेटले नटआउट ४६ रन जोडे।

उनीहरूबीच तेस्रो विकेटका लागि १०२ रनको साझेदारी भयो।आक्रामक सुरूवात गरेको नेदरल्यान्ड्सले नवौं ओभरमा पहिलो विकेट गुमायो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले नेदरल्यान्ड्सका ओपनर मिचेल लेभिटलाई ३९ रनमा बोल्ड गरेका थिए।

उनले ३४ बलमा ३ चौका र ४ छक्का प्रहार गरे।यस्तै अर्का ‌ओपनर म्याक्स ओ’डाउद २८ रन जोडेर आउट भए।

उनलाई नेपालका ललित राजवंशीले विकेटकिपर आसिफ शेखबाट स्टमपिन गराए। पहिलो सिरिज सकिदा नामिबिया ६ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको नेदरल्यान्ड्सको ४ अंक छ भने नेपाल ३ अंकसहित दोस्रो स्थानमा छ।

अब लिग–२ को दोस्रो सिरिजमा युएईले घरेलु मैदानमा स्कटल्यान्ड र क्यानडा प्रतिस्पर्धा गर्दैछ।यससँगै नेपालको भने सेप्टेम्बरअघि एकदिवसीय खेलका औपचारिक प्रतियोगिता सकिएका छन्। अब नेपालले घरेलु मैदानमै नामिबिया र नेदरल्यान्ड्ससँग टी–२० सिरिज खेल्नेछ‍।

IME Lifesidebar
kumari