stcnepal long ad
ime life insurance
national life
global ime bank long

एसियन कप फुटबलमा दक्षिण कोरियालाई हराउँदै जोर्डन फाइनलमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

दक्षिण कोरियालाई हराउँदै जोर्डन एएफसी एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।कतारमा जारी प्रतियोगितामा हिजो भएको पहिलो सेमिफाइनलमा जोर्डनले दक्षिण कोरियालाई २–० ले हराएर फाइनल प्रवेश गरेको हो ।

जोर्डनका लागि याजान अल नैमात र अल तमारीले एक(एक गोल गरेका थिए । क्वाटरफाइनलमा जोर्डनले ताजकिस्तानलाई र दक्षिण कोरियाले अस्ट्रेलियालाई हराएको थियो ।

जोर्डनले अब फाइनलमा आज कतार र इरानबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ । फाइनल खेल शनिवार हुनेछ ।

IME Lifesidebar
kumari