macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

लिगकप सेमिफाइनलमा चेल्सीविरुद्ध मिडल्सब्रोलाई अग्रता

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

च्याम्पियनसिप क्लब मिडल्सब्रोले लिगकप सेमिफाइनलको पहिलो लेगमा चेल्सीमाथि मंगलबार १–० को जित रचेको छ । यससँगै दुई लेगको सेमिफाइनलमा मिडल्सब्रो झिनो अन्तरले अगाडि रह्यो ।

रिभरसाइडमा भएको खेलको ३८ औं मिनेटमा हेडेन ह्याक्नीले एक मात्र गोल गरे । महँगा र स्टार खेलाडीले भरिएको प्रिमियर लिग क्लब चेल्सी फेरि एकपल्ट घर बाहिर राम्रो प्रदर्शन गर्न असफल रह्यो ।

चेल्सीले खेलेका घर बाहिरका पछिल्ला ६ खेलमध्ये ५ मा पराजित रहेको छ । पछिल्लो सिजनयता चेल्सी घर बाहिर २१ पल्ट पराजित रहेको छ र यो प्रिमियर लिगका क्लबमध्ये सबैभन्दा खराब प्रदर्शन हो ।

अब सेमिफाइनलको दोस्रो लेग जनवरी २३ मा स्टायनफोर्ड ब्रिजमा हुनेछ । प्रतियोगिताको अर्को सेमिफाइलनको पहिलो लेग बुधबार हुनेछ र त्यसमा लिभरपुल र फुलहम भिड्दै छन् ।

himalayan life insurance
igi long
NTA long ad