macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

भारतसँगको पहिलो टेस्टमा दक्षिण अफ्रिका १ इनिङ्स र ३२ रनले विजयी

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

भारतसँगको पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली दक्षिण अफ्रिका विजयी भएको छ । घरेलु टोलीले भारतले एक इनिङ्स र ३२ रनले हरायो । योसँगै दक्षिण अफ्रिकाले २ टेस्टको शृङ्खलामा १–० को अग्रता बनाएको छ ।

दोस्रो इनिङ्समा भारत १ सय ३१ रनमै अल आउट भएपछि दक्षिण अफ्रिका तेस्रो दिन नै विजयी भएको हो । भारतका विराट कोहलीले ७६ र शुभमन गिलले २६ रन बनाए । अरू कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ दक्षिण अफ्रिकाका नान्दे बर्गेरले ४, मार्को जनसेनले ३ र कागिसो रबाडाले २ विकेट लिए ।

दक्षिण अफ्रिकाले पहिलो इनिङ्समा ४ सय ८ रन बनाएको थियो । दक्षिण अफ्रिकाका डेन एल्गरले सर्वाधिक १ सय ८५ रन बनाए । यस्तै मार्को जनसेनले नट आउट ८४ र डेभिड बेदिनघमले ५६ रन बनाए । बलिङतर्फ भारतका जसप्रीत बुमराहले ४ र मोहम्मद सिराजले २ विकेट लिए ।

त्यसअघि सेन्चुरियनको सुपरस्पोर्ट पार्कमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले पहिलो इनिङ्समा २ सय ४५ रन बनायो । भारतका केएल राहुलले १ सय १ र विराट कोहलीले ३८ रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका कागिसो रबाडाले ५ र नान्दे बर्गेरले ३ विकेट लिए ।

himalayan life insurance
igi long
NTA long ad