stcnepal long ad
himalayan life insurance long ad

क्लब विश्वकपको फाइनलमा म्यानचेस्टर सिटी

Nimb long ad
Prabhu Insurance Long Ad

म्यानचेस्टर सिटी फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति जापनिज क्लब उरावा रेड डाइमन्ड्सलाई ३–० ले पराजित गर्दै सिटीले फाइनलको यात्रा तय गरेको हो ।

सिटीका माटियो कोभासिस र बर्नाडो सिल्भाले गोल गर्दा एकरएक गोल गरे । १ गोल भने सिटीले उपहार पाएको थियो । पहिलो हाफको अतिरिक्त पहिलो मिनेटमा उरावाका मारुस क्रिष्टोफरले आफ्नै पोस्टमा गोल गरेका थिए ।

अब सिटीले उपाधिका लागि शुक्रबार फ्लुमिनेन्सेसँग खेल्नेछ । फ्लुमिनेन्सेले इजिप्टको अल अहली एससीलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ ।