citizens life insurance long ad
stcnepal long ad

प्रिमियर लिगमा टोटनहमले नटिङ्घम फरेस्टलाई दुई गोलले हरायो

Nimb long ad
Prabhu Insurance Long Ad

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटनहमले नटिङ्घम फरेस्टलाई हराएको छ । गएराति भएको खेलमा टोटनहम २–० गोलले विजयी भयो ।

उसका रिचार्लिसनले पहिलो हाफको इन्जुरी समय र डेजन कुलसेभ्सकीले खेलको ६५औँ मिनेटमा गोल गरे ।

टोटनहम ७०औँ मिनेटमा १० खेलाडीमा सीमित भयो तर त्यसपछि पनि नटिङ्घम फरेस्ट खेलमा फर्कन सकेन । जितसँगै टोटनहम १७ खेलमा ३३ अंककासाथ तालिकाको पाँचौँ स्थानमा छ । समान खेलमा १४ अंक रहेको नटिङ्घम फरेस्ट १६औँ स्थानमा छ ।

आज चार खेल हुँदैछन् । नेपाली समय अनुसार राति पौने ९ बजे बर्नमाउथ र लुटन टाउन, चेल्सी र सेफिल्ड युनाइटेड, म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेस तथा न्युक्यासल र फुलहमबीच खेल हुनेछ ।

प्रिमियर लिगमा १६ खेलमा ३७ अंककासाथ लिभरपुल शीर्ष, ३६ अंककासाथ आर्सनल दोस्रो, ३५ अंक रहेको एस्टनभिल्ला तेस्रो र ३३ अंक रहेको म्यानचेस्टर सिटी चौथो स्थानमा रहेको छ ।

IME Life
kumari