sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

म्याच फिक्सिङको अभियोग लागेका सागर थापासहित सबै खेलाडीले पाए सफाइ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सर्वोच्च अदालतले म्याच फिक्सिङको अभियोग लागेका राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान सागर थापा सहित ६ खेलाडीलाई सफाइ दिएको छ ।

न्यायाधीश डा आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलासले विशेष अदालतको फैसला सदर गर्दै खेलाडीलाई सफाइ दिने फैसला गरेको हो ।

सफाइ पाउनेहरुमा राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, विकाससिंह क्षेत्री, खेलाडीहरु अञ्जन केसी र डेबिड थापा रहेका छन् ।

विभिन्न देशसँगको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा तत्कालीन कप्तान थापासहितका खेलाडीलाई २०७२ असोज २७ गते प्रहरीको अपराध महाशाखाले पक्राउ गरी जेठ २४ गते विशेष अदालतमा राज्य विरुद्धको कसूरमा मुद्दा चलाएको थियो । यसअघि नै विशेष अदालतले सफाइ दिने फैसला गरेको थियो । रासस

gold
nawakantipur long