stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

एसियाली कराते महासंघ (एकेएफ) रेफ्री तथा कोच सेमिनार सुरु

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल कराते महासंघको आयोजनामा एसियाली कराते महासंघ (एकेएफ) रेफ्री तथा कोच सेमिनार बुधबार सुरु भएको छ । सेमिनारमा नेपाल, बंगलादेश, पाकिस्तान, भारत र श्रीलंका गरी ५ राष्ट्रको सहभागिता छ ।

सेमिनारमा नेपालका ८०, बंगलादेशका २६, पाकिस्तानका १, भारतका ४० र श्रीलंकाका ११ जना सहभागी रहेको मिडिया संयोजक एवं आठौं सागका स्वर्ण विजेता रवि महर्जनले जनाएका छन् ।

सेमिनार एकेएफ अन्तर्गत रेफ्री कमिसनका अध्यक्ष मन्सुर अल सुल्तान, सचिव माइकल हुवाङ, सदस्य अस्कर र जाबर तथा नेपाल कराते महासंघअन्तर्गत रेफ्री कमिसनका संयोजक प्रकाशमोहन धौभडेलले प्रशिक्षण दिनेछन् ।

नेपाल कराते महासंघले आयोजना गर्ने सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपको पूर्वसन्ध्यामा सेमिनार गरिएको हो । प्रतियोगिता राखेप कभर्डहलमा शनिबार सुरु हुनेछ ।

prabhu mahalaxmi
kumari bank
kumari