macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

विलियनको पेनाल्टीमा फुलहमको जित

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

विलियनले दोस्रो हाफको इन्ज्युरी समयमा पेनाल्टीबाट निर्णायक गोल गरेपछि फुलहमले इंग्लिस प्रिमियर लिगमा सोमबार उल्भ्सलाई ३–२ ले हराएको छ ।

फुलहमले ‘भार’ को मद्दतमा विवादास्पद सावित पेनाल्टी प्रहारको अवसर पाएको थियो । एलेक्स इबोबीले फुलहमलाई सुरुआती अग्रता दिलाएयता उल्भ्सका लागि म्याथस कुन्हाले बराबरी गोल फर्काए ।

त्यसपछि फुलहमका लागि विलियन र उल्भ्सका लागि ह्वाङ हि–चानले पेनाल्टीबाट एक एक गोल गरे।यो नतिजापछि फुलहमको १३ खेलबाट १५ अंक भएको छ र १४ औं स्थानमा छ । उल्भ्स भने १५ अंकमै सीमित रहेर १२ औं स्थानमा रह्यो ।

himalayan life insurance
igi long
NTA long ad