stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आजदेखि वीरगन्ज गोल्डकप

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

वीरगन्ज । मधेश प्रदेशकै उच्च धनराशिको प्रथम वीरगन्ज गोल्डकप फुटबलको सम्पूर्ण तयारी पूरा भएको छ । शनिबार पहिलो खेलमा आयोजक भेट्रान्स सिटी क्लब वीरगन्ज र भारत नोएडाको एफसीआई नर्थ जोन फुटबल टिमले प्रतिस्पर्धा गर्नेछन् ।

वीरगन्ज गोल्डकपमा नेपालका ५ र भारतका २ टिमले प्रतिस्पर्धा गर्नेछन् । विजेताले ११ लाख ११ हजार ११ सय रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय रुपैयाँ पुरस्कार पाउनेछन् । लामो समयदेखि खेलकुद गतिविधि सुस्त भएकाले गोल्डकप आयोजना गर्न लागिएको आयोजक भेट्रान्स सिटी क्लबका अध्यक्ष सविन बस्नेतले जनाए ।

‘मधेश प्रदेशकै सर्वाधिक धनराशिको वीरगन्ज गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ,’ अध्यक्ष बस्नेतले भने, ‘राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका ख्यातिप्राप्त क्लबहरूले गोल्डकपमा प्रतिस्पर्धा गर्नेछन् ।’

वीरगन्जको आर्दशनगर खेल मैदानमा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब, चर्च ब्वाइज युनाइटेड, झापा एफसी, क्लाइभ हाउस दमदम कोलकाता, एफसीआई नर्थ जोन फुटबल टीम नोएडा र आयोजक भेट्रान्स सिटी क्लबले प्रतिस्पर्धा गर्नेछन् । मैदानमा प्यारापिटसमेत निर्माण गरिएको छ ।

प्रतियोगिताको वीरगन्ज महानगरपालिका मुख्य प्रायोजक रहेको छ । अनुमानित लागत ८० लाख रुपैयाँ रहेको क्लबका महासचिव पंकज श्रेष्ठले बताए । आदर्शनगर रंगशाला जीर्ण भएकाले आदर्शनगर रंगशालामा अस्थायी प्यारापिट निर्माण गरी गोल्डकप आयोजना गर्न लागिएको उनले जनाए ।

‘काठमाडौंको दशरथ रंगशालापछि मुलुककै दोस्रो ठूलो रंगशाला वीरगन्जमा छ,’ महासचिव श्रेष्ठले भने, ‘तर राज्यको हेलचेक्र्याईंले नारायणी रंगशाला लामो समयदेखि जीर्ण अवस्थामा छ ।’

prabhu mahalaxmi
kumari