नेपाल ब्याडमिन्टन संघको केन्द्रीय अध्यक्षमा रामजीबहादुर श्रेष्ठ

काठमाडौँ । नेपाल ब्याडमिन्टन संघको छैटौं केन्द्रीय अधिवेशनले रामजीबहादुर श्रेष्ठको अध्यक्षतामा ३० सदस्यीय कमिटी निर्विरोध चयन गरेको छ ।
काठमाडौंको नयाँ बानेश्वरमा मंगलबार साँझ सम्पन्न अधिवेशनले लगातार दोस्रो कार्यकालका लागि श्रेष्ठलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।
कमिटीको उपाध्यक्षहरूमा जीनारायणबहादुर क्षेत्री, चन्द्रशेखर लामा, उदयकुमार श्रेष्ठ, ध्रुव महर्जन,लवभक्त श्रेष्ठ,अनोज बस्नेत, मानबहानदुर श्रेष्ठ चुनिएका छन् । त्यसैगरी महासचिवमा वीरेन्द्र श्रेष्ठ, उपमहासचिवमा नवीनविक्रम शाह, कोषाध्यक्ष तिलक पाण्डे, सहकोषाध्यक्ष प्रकाश ढकाल चयन भएका छन् ।
१९ जना केन्द्रीय सदस्यमा नारायण शर्मा, भरत मल्ल, महेशमान श्रेष्ठ, मीनकुमार दाहाल, कुशलकुमार केसी लगायतका निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत अधिवक्ता मिलनध्वज शाहीले जानकारी दिए ।
अधिवेशनको उद्घाटन एसियन ब्याडमिन्टन संघअन्तर्गत प्यारा चेयर पर्सन किन्ले छिरिङले गरेका थिए ।
उनले नयाँ कार्यसमितिले नेपालमा ब्याडमिन्टनको खेललाई व्यवस्थित र अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धी बनाउन काम गर्ने अपेक्षा राखेको सुनाए । छिरिङ भुटानबाट अधिवेशन उनद्घाटनका लागि आएका हुन् ।
१५ कात्तिक २०८०, बुधवार ११:४० बजे प्रकाशित