stcnepal long ad
global ime bank long

बार्सिलोनाको च्याम्पियन्स लिगमा तेस्रो जित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह एच अन्तर्गतको खेलमा बार्सिलनाले जित हासिल गरेको छ। समूह चरणको तेस्रो जित निकाल्ने क्रममा शख्तार डोनेस्कलाई २–१ ले हराएको हो।

बार्सिलोनाको जितमा फेरान टोरस र फर्मिन लोपेजले गोल गरे। खेलको अन्त्यतिर शाख्तरले खेलमा फर्कन खोजेपनि अन्त्यमा बार्सिलोनाले जित निकालेको हो। सुरुवाती समयका भने बार्सिलोनाकै प्रभुत्व रहेको थियो।

खेलको आठौं मिनेटमा फर्मिन लोपेजले दुई डिफेन्डरलाई छक्काउँदै गरेको प्रहार शाख्तरका गोलरक्षक रिजनिकले राम्रो बचाउ गरे। २५औं मिनेटमा जोआओ क्यान्सेलोको प्रहारमा पनि रिजनिक बाधक बने।

त्यसको तीन मिनेट पछि भने रिजनिकले गोल बचाउन सकेनन्। गुन्डोगानले दिएको पासमा फर्मिनको प्रहार पोस्टमा लागेर फर्किएपछि फेरान टोरसले गोल गर्दै अग्रता दिलाए। सुरुवातमा रेफ्रीले अफसाइड दिएपनि भिडियो असिस्टेन्ट रेफ्रीले रेफ्रीको निर्णय उल्ट्याइदिए।

३६औं मिनेटमा भने फर्मिनले आफैं गोल गर्न सफल भए। यसपटक भने उनलाई फेरानले असिस्ट दिए। फेरानको पासमा बक्सको छेउबाट फर्मिनले सटिक प्रहार गर्दै अग्रता दोब्बर बनाए।

६२औं मिनेटमा शाख्तरले एक गोल फर्कायो। इराक्ली अजारोभिको पासमा जर्जिय सुडाकोभले काउन्टर अट्याकमा गोल गर्दै बार्सिलोनाको अग्रता घटाए।

६९औं मिनेटमा फर्मिन लोपेजले बक्स बाहिर बाट गरेको प्रहार पोस्टमा लागेर फर्कियो। ७०औँ मिनेटमा मार्कोस अलोन्सोको क्रसमा फर्मिनले पुनः बललाई जालि चुमाएपनी अफसाइड बसेपछि गोल मान्य भएन।

७९औं मिनेटमा शाख्तरका स्टेपनेन्कोको प्रहारले बार्सा गोलरक्षक टर स्टेगनलाई केही दुःख दिएन। ८३औं मिनेटमा स्टेपनेन्कोको अर्को प्रहारले पनि गोलपोस्टको दिशा लिन सकेन।

शाख्तरले खेलमा बराबरी गर्ने निकै मौकाको फाइदा उठाउन नसक्दा बार्सिलोना विजयी भयो।समूहमा ३ खेलमा ९ अंक सहित बार्सिलोना पहिलो स्थानमा छ। पराजित शाख्तर ३ खेलमा १ जित र २ हार सहित तेस्रो स्थानमा छ।

IME Lifesidebar
kumari