sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

टोकियो ओलम्पिकलाई सामान्यरुपमा सम्पन्न गर्न आयोजक जापानको कसरत

Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । जापानको राजधानी शहरमा अर्को बर्ष आयोजना हुन लागेको टोकियो ओलम्पिक २०२० लाई सामान्य र सरलीकृत रुपमा सम्पन्न गरिने आयोजक कमिटीका प्रमुख कार्यकारीले बताएका छन् ।

यसैबर्ष जुलाई महिनामा हुने तय भएको ओलम्पिक प्रतियोगिता कोभिड-१९ को महामारिका कारण एक बर्ष पछि गर्न लागिएको हो । टोकियो २०२० का कार्यकारी प्रमुख तोसिरो मुटोले ओलम्पिक यसपटक भव्य नहुने बताउनु भएको छ ।

आयोजक जापानले कम खर्चमै प्रतियोगितालाई कसरी छरितो बनाउन सकिन्छ भन्ने बारेमा २०० भन्दा बढी विकल्पहरुमा छलफल गरिरहेको छ । जापानको खर्च कटौतीको प्रस्तावमाविश्व ओलम्पिक कमिटीले भने औपचारिक प्रतिक्रिया दिएको छैन् ।

तर कमिटिमा अध्यक्ष थोमस व्याचले भने खेल र खेलाडी ओलम्पिक कमिटीको पहिलो प्राथमिकता हुने बताउनु भएको छ । कमिटीको मुख्यालय स्विट्जरल्याण्डको जेनेभामा बसेको पदाधिकारी बैठकमा बोल्दै व्याचले खर्च कटौतीको नाममा कुनै पनि खेल झिक्ने संभावनालाई भने अस्विकार गर्दै सबै खेलका सबै प्रतियोगिताहरु हुने बताउनुभएको छ ।

gold
nawakantipur long