macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

इंग्ल्यान्ड युरो २०२४ मा छनोट

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

लन्डन । इंग्ल्यान्ड आगामी वर्ष हुने युरो २०२४ का लागि छनोट भएको छ । मंगलवार राती भएको छनोट चरणको खेलमा इटालीलाई ३–१ गोलअन्तरले हराएसँगै इंग्ल्यान्डले युरो कप २०२४ को यात्रा पक्का गरेको हो ।

यसअघि युरोमा छनोट हुनका लागि इंग्ल्यान्डलाई एक अंकको आवश्यता थियो । जुन इटालीलाई हराउँदै इंग्ल्यान्डले पूरा गर्न सफल भयो । खेलमा एक गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै इंग्ल्यान्डले जित निकालेको थियो ।

वेस्टह्याम युनाइटेडका जियानलुका स्कामाकाको गोलबाट खेलको १५औं मिनेटमा इटालीले अग्रता लिएको थियो ।

तर, इंग्ल्यान्डले खेलमा पुनरागमन गर्दै नतिजा आफ्नो पक्षमा पा¥यो । कप्तान ह्यारी केनले दुई र मार्कुस रासफोर्डले गोल गर्दै इंग्ल्यान्डको जित पक्का गरे ।

रियल मेड्रिडका स्टार बेलिंघमले पेनाल्टी जितेका थिए । खेलको ३२औं मिनेटमा कप्तान केनले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । ५७औं मिनेटमा बेलिंघमकै पासमा रासफोर्डले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

खेल सकिन १३ मिनेट बाँकी रहँदा केनले अर्को गोल थपेपछि इटालीको खेलमा फर्कने सम्भावना समाप्त भएको थियो । केनको इंग्ल्यान्डका लागि यो समेत ६१औं गोल हो ।

इंग्ल्यान्डले घरेलु मैदानमा इटालीलाई सन् १९७७ पछि पहिलो पटक हराएको हो । समूह ‘सी’ मा १६ अंकका साथ इंग्ल्यान्डको १६ अंक छ ।

यही समूहको अर्को खेलमा माल्टालाई ३–१ ले हराउँदै युक्रेन समूहको दोस्रो स्थानमा उक्लेको छ । युक्रेनको १३ अंक छ भने १० अंकसहित इटाली तेस्रो स्थानमा छ ।

२ कात्तिक २०८०, बिहीवार ०८:१७ बजे प्रकाशित

NTA long ad