stcnepal long ad
global ime bank long

लाओसविरुद्ध खेल्ने नेपाली फुटबल टिमको घोषणा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपालले २०२६ को फिफा विश्वकपको छनौट अन्तर्गत एशियन जोनको पहिलो चरणमा लाओसको सामना गर्ने भएको छ ।

अखिल नेपाल फुटबल एसोसियसन (एन्फा) का अनुसार नेपालले पहिलो चरणको पहिलो लिग लाओससँग असोज २५ गते दशरथ रंगशालामा खेल्ने भएको छ । यो खेल नेपालले बिहीबार साँझ ५: ३० बजे लाओससँग खेल्नेछ । त्यस्तै दोस्रो लिग असोज ३० गते खेल्ने छ ।

लाओस फिफा वरियतामा नेपालभन्दा पछाडी रहेको छ । लाओस अहिले फिफाको वरियतामा १८६औ स्थानमा छ भने नेपाल १७५औ स्थानमा रहेको छ ।

यो खेलको विजेताले एशिया क्षेत्रको छनौटको दोस्रो चरणमा समुह एचमा स्थान बनाउने छ । जसमा युएइ र बहराइन रहेका छन् भने चौथो देश यमन र श्रीलंकाबीचको विजेता हुने छ ।

लाओसविरुद्धको विश्वकप छनोट खेलका लागि अन्तिम टोली घोषणा गरिएको छ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले खेलका लागि आफ्नो अन्तिम टोली घोषणा बुधबार गरेका हुन् ।

लाओसविरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम:

गोलकिपरः किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल ।

डिफेन्डरः सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट

मिडफिल्डरः सुदीप गुरुङ, लकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, कृतिश रत्न छिन्जु, मनिष डाँगी

फरवार्डः अन्जन विष्ट,आयुष घलान,गिलेस्पे जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया, सञ्जीव विष्ट

IME Lifesidebar
kumari