९ मिनेटमा ३ गोल गर्दै शीर्ष स्थानमा फर्कियो बार्सिलोना
स्पेनिस ला लिगामा सेल्टा भिगोविरुद्ध पुनरागमन जित निकालेको छ । गएराति सम्पन्न खेलमा उसले भिगोविरुद्ध ३–२ को पुनरागमन जित निकालेको हो ।
ओलम्पिक लुइस मैदानमा ८० मिनेटसम्म बार्सिलोना २–० ले पछि परेको थियो । तर, उसले ९ मिनेटमा ३ गोल गर्दै रोमाञ्चक जित निकाल्यो ।
बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले दुई र जोआओ कन्सेलोले एक गोल गरे । भिगोका लागि जर्जेन स्ट्रान्ड लार्जन र अनास्टासिओस डोउभिकासको नाममा एकरएक गोल रह्यो ।
यो जितपछि बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । उसले ६ खेलबाट पाँच जितसहित १६ अंक जोडेको छ ।
स्पेनिस ला लिगामा सेल्टा भिगोविरुद्ध पुनरागमन जित निकालेको छ । गएराति सम्पन्न खेलमा उसले भिगोविरुद्ध ३–२ को पुनरागमन जित निकालेको हो ।
ओलम्पिक लुइस मैदानमा ८० मिनेटसम्म बार्सिलोना २–० ले पछि परेको थियो । तर, उसले ९ मिनेटमा ३ गोल गर्दै रोमाञ्चक जित निकाल्यो ।
बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले दुई र जोआओ कन्सेलोले एक गोल गरे । भिगोका लागि जर्जेन स्ट्रान्ड लार्जन र अनास्टासिओस डोउभिकासको नाममा एकरएक गोल रह्यो ।
यो जितपछि बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । उसले ६ खेलबाट पाँच जितसहित १६ अंक जोडेको छ । समान अंकको जिरोना दोस्रो स्थानमा तथा एक खेल कम खेलेको रियल मड्रिड १५ अंकसहित तेस्रो स्थानमा छ ।