मनाङको हाइअल्टिच्युडमा हिउँ चितुवा र याकको संरक्षण, पर्यटन प्रर्वद्धन, जलवायु परिवर्तन सम्बन्धित जनचेतनाको लागि मैत्रीपूर्ण फुटबल सम्पन्न

काठमाडौं । मनाङ, हिमाली क्षेत्रमा पाइने हिउँ चितुवा र याकको संरक्षण, पर्यटनको प्रचार तथा प्रर्वद्धन, जलवायु परिवर्तन सम्बन्धित जनचेतना अभिवृद्धि लगायतका उद्वेश्यसहित मनाङको हाइ–अल्टिच्युडमा आयोजना गरिएको मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको थियो ।
जैविक विविधता संरक्षण समाज (बायोकोस) नेपाल, आन्ट फाउण्डेशन र वाइल्ड एण्ड फ्री फाउण्डेशनको संयूक्त आयोजना, मनाङ जिल्लाका विभिन्न स्थानीय तहहरुको समन्वयमा मनाङका तिमाङ्ग, पिसाङ्ग र मनाङ्ग मुङ्गजीमा आयोजना गरिएको मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको थियो ।
नेपालको परिचय दिने हिमाल, हिमालको काखमा रमाएर बस्ने हिँउ चितुवाले हिमालको पारिस्थतिक प्रणालीलाइ सन्तुलन राख्न महत्वपूर्ण भूमिका खेल्ने मात्र होइन हिँउ चितुवा र यसको वासस्थान जलवायु परिवर्तनको असर मापन गर्ने सूचक पनि हो ।
नेपालको हिमाली क्षेत्र मनाङ जति सुन्दर छ । यहाँ पाइने वन्यजन्तुहरु नेपाल र विश्वको लागी अमुल्य निधि हुन् । मनाङका स्थानिय जनताको सहभागिता र बौद्ध धर्मालम्बिहरुको वन्यजन्तु प्रतिको सद्भावका कारणले हिँउ चितुवा लगायतका वन्यजन्तुको संरक्षणमा टेवा पुगेको छ ।
स्थानिय जनताले हालसम्म मनाङमा गरेको प्रकृति संरक्षणलाइ सम्मान गर्दै स्थानिय युवाहरुलाइ हिउँ चितुवा लगायतका वन्यजन्तुहरुको संरक्षणमा लागिरहन अभिप्रेरित गर्ने, मानव र वन्यजन्तु विच सहअस्तित्व कायम गर्ने, जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारिरहेको असरको बारेमा सूचित गर्ने र पर्या–पर्यटन प्रबद्र्धनमा प्रोत्साहन गर्ने उदेश्यहरुका साथ मैत्रीपूर्ण खेल २०८० साल भदौ २५ देखि २७ गतेसम्म चलेको थियो ।
खेलाडीहरु, उक्त खेलमा नेपालका ख्याति प्राप्त कलाकारहरु, मिस नेपाल वल्र्ड २०२३, मिस्टर नेपाल २०२३ लगायतका सेलिब्रेटीहरु सहभागी टीम हिमालयन स्नोलेपर्ड तथा मनाङका तीन वटा स्थानीय टीम कजिनसरा याक, पिसाङ याक र मनाङ याकबीच प्रतिस्पर्धा भएको थियो ।
खेलहरु समुद्री सतहबाट २८ सय देखि ३६ सय मिटरसम्मको उचाईमा खेलाइएको थियो । पहिलो दिन तिमाङ्गमा आयोजित खेलमा हिमालयन स्नो लेपर्डले टिम कजिनसरा याकलाई विजय हासिल गरेको थियो । यस्तै दोस्रो दिन पिसाङमा आयोजित खेलमा पिसाङ्ग याक टीमलाई र तेस्रो दिन मनाङ्ग मुङ्जी भ्राकामा आयोजित खेलमा मनाङ्ग याकमाथि तीनवटै म्याचमा हिमालयन स्नो लेपर्डले विजय हासिल गरेको थियो ।
स्नो लेपर्ड टीममा नेपाली फुटबल टीमका पूर्व नेपाली कप्तान हरि खड्का, उपेन्द्रमान सिंह, अनिल गरुङ, नविन न्यौपाने र डा.पारस विक्रम सिंह, राष्ट्रिय महिला फुटबल टीमका पूर्व कप्तान निरु थापा, आर्यन अधिकारी, अनिल गुरुङ, अस्मिता रणपाल, प्रिस्का उदास, तेक्याण्दो खेलाडी सिता तामाङ, मिस नेपाल वल्र्ड सृच्छा प्रधान, कलाकार तथा आन्ट फाउण्डेशनका संस्थापक अध्यक्ष प्रशान्त ताम्राकार, अमेरिकाको वाइल्ड एण्ड फ्रि फाण्डेशसनका संस्थापक म्याट ब्राकेन, नामिवियाको फुल सर्कल स्डडीज एण्ड सफारीका संस्थापक डा.जेफ मोन्टिप्रिङ्ग, कलाकारहरु त्रिचु राई, नरेन खड्का, गायक तथा संगीतकार जेम्स प्रधान, मिस्टर नेपाल समर्पण कार्की, मिस्टर नेपाल रनरअप निमेश कपाली तथा प्रिस्का उदास रहेका थिए ।
स्थानिय टिम कान्जिसरा याक, पिसाङ याक र मनाङ याक टीममा स्थानीय खेलाडी सहभागि थिए । टिम कान्जिसरामा मुनिन्द्र जङ्ग गुरुङ्ग, लोकेन्द्र घले, दिलबहादुर गुरुङ्ग, लोपसाङ्ग लामा, सविन श्रेष्ठ, मंगल देव गुरुङ्ग, लिल बहादुर गुरुङ्ग, लक्ष्मण गाउले, धन बहादुर गौचन, काइली गुरुङ्ग, खड्ग जङ्ग गुरुङ्ग, गणेश घले, विनोद लामा, दिपेन्द्र गोदार, दावा छिरिङ्ग लामा र मिङ्गमार डोल्मा लामा रहेका थिए ।
टिम पिसाङमा लोङ्गदुप गुरुङ्ग, पाल्देन गुरुङ्ग, जेप्स गुरुङ्ग,विजेन्द्र गुरुङ्ग, लाक्पा गुरुङ्ग, राम बहादुर गुरुङ्ग, कर्मा छिपे, अर्जुन गुरुङ्ग, नरेश गुरुङ्ग, कर्मा नुदुप, लाक्पा टासी लामा, राजु गुरुङ्ग, दोर्जे गुरुङ्ग, कर्मा लामा र मिङ्गमार गुरुङ्ग रहेका थिए ।
टिम मनाङमा सोनामा लामा, पेमा छिरिङ्ग, कर्मा टासी गुरुङ्ग, कामसुङ्ग लामा, मुखिया थापा, दोर्जे गुरुङ्ग, दिपक गुरुङ्ग, मखिया राई, कर्मा वाङदेल गुरुङ्ग, टेनजेन शर्पा लामा, ज्यामयाङ गुरुङ्ग, मखिया गुरुङ्ग, सोनामा गुरुङ्ग र जीवन गुरुङ्ग रहेका थिए ।
कार्यक्रममा मनाङ्गमा प्रमुख जिल्ला अधिकारी शुप्रभा खनाल ढुङ्गेलले मनाङ्ग पर्यटनको लागि अथाह सम्भावना भएको बताउँदै यस प्रकारका खेलले मानव र वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण र जलवायु परितर्वनले हिमाली क्षेत्रमा पारिरहेको प्रभावलाई सुसूचित गर्दैै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए ।
आयोजक बायोकोस नेपालका निर्देशक डा. पारस विक्रम सिंहले कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको बताए । यस्तै आयोजक आन्ट फाउण्डेशनका संस्थापक अध्यक्ष प्रशान्त ताम्राकारले लोपोन्मुख हिउँ चितुवा लगायतका वन्यजन्तुको संरक्षणका लाागि जनचेतना अभिवृद्धि एवं खेल पर्यटन/पर्या पर्यटनको प्रवद्र्धनको लागि कार्यक्रम सहयोगी हुने अपेक्षा गरिएको प्रतिक्रिया दिए ।
अमेरिकाको वाइल्ड एण्ड फ्रि फाण्डेशसनका संस्पाक म्याटले जलवायु परिवर्तनबारे जनचेतना अभिवृद्धि तथा पर्यापर्यटनको लागि नेपालमा आएर खेलमा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्दै नेपालमा खेल तथा पर्या पर्यटनको अथाह सम्भावना भएको बताए ।
मनाङका स्थानीयवासीले खेलको माध्यमबाट जनचेतना प्रदान गर्नका लागि मैत्रीपूर्ण फुटबल प्रतियोगिता पर्यटन व्यवसायी सङ्घ मनाङका पर्यटन अध्यक्ष विनोद गुरुङले जानकारी दिए ।
यस्तै मनाङ्ग चिस्याङ्ग गाउँ पालिकाका अध्यक्ष कान्छा घलेले मनाङ्गमा आयोजित यस कार्यक्रमले नेपालकै पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने बताए ।
यस्तै मिस नेपाल वल्र्ड सृच्छा प्रधान, मिस्टर नेपाल समर्पण कार्की, गायक तथा संगीतकार जेम्स प्रधान, नेपाली फुटबल टीमका पूर्व नेपाली कप्तान हरि खड्का र अन्य खेलाडिहरुले पर्यटन प्रवद्र्धनको लागि जलवायु परिवर्तनका असरबारे सचेतना आवश्यक भएको तथा यसको लागि एककिृत प्रयास आवश्यक रहेको औल्याए ।
मनाङ्गको यस क्षेत्रमा लोपोन्मुख प्रजातीका करिब १२ देखि १५ वटासम्म हिम चितुवा रहेको बताइन्छ ।
हिमचितुवाको मुख्य आहारका रुपमा रहेको नाउरहरु पनि लोप हुँदै जानेक्रम बढेकोले पनि हिमचितुवा संरक्षण र याक संरक्षणका लागि नाउरहरुको संरक्षण समेत आवश्यक रहेको विज्ञहरुले जोड दिएका छन् ।
हिउँ चितुवा र याक संरक्षण तथा जलवायु परिवर्तन सम्वन्धित जनचेतना जगाउनको लागि स्थानिय आमा समूह, युवा क्लवद्वारा सांस्कृतिक कार्यक्रमहरु पनि आयोजना गरिएको थियो ।
१ असोज २०८०, सोमवार १९:२८ बजे प्रकाशित