लाजियोमाथि युभेन्टसको शानदार जित

इटालियन सिरी ए अन्तर्गत युभेन्टसले लाजियोमाथि शानदार जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा युभेन्टसले लाजियोलाई ३(१ गोल अन्तरले पराजित गरेको हो ।
युभेन्टसको जितमा दुसान भ्लाहोलिकले दुई गोल गरेका तिह्ये भने फेडेरिको चिएसाले एक गोल गरेका थिए । त्यस्तै लाजियोका लागि लुइस अल्बेर्टोले एक गोल गरेका थिए ।
यो जितपछि युभेनता को ४ खेलमा १० अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै लाजियोको भने यो यस सिजनमा तेस्रो हार हो । यो हारपछि लाजियोको ४ खेलमा ३ अंक रहेको छ र लिगमा १५औं स्थानमा झरेको छ ।
३१ भदौ २०८०, आइतवार ०६:२५ बजे प्रकाशित