stcnepal long ad
global ime bank long

विदेशीएकाहरूलाई आफ्नै देश विरानो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २५, २०७६ मंगलबार

केशव अधिकारी

आपतमा परेका मान्छेका लागि सबै भन्दा ठुलो सहारा के हो ? देश हो। सरकार हो।

स्वभावत प्रियजनहरूको काख हो। तर के भयो। कोरोनाबाट अतालिएर देश खोज्दै सिमानासम्म आइपुगेका नेपालीहरूलाई देशले चिनेन। शासकहरूले चिनेनन।

घरको मूल ढोकामा गजबार लाग्यो र घरको सन्तान आफ्नै ऑगनमा बेदखल भयो।  प्रश्न उठछ, संकटमा आश्रय नदिने घरको के काम ? संकटमा बस्न नपाउने गुँडको के अर्थ ?

शासकहरू स्पष्टिकरण दिन्छन, ‘संकटमा सावधानी आवश्यक थियो।’ आफ्नै सन्तानलाई पाखामा राखेर अपनाउने कस्तो सावधानी ? सावधानीका नाममा नागरिकको सार्वभौम अधिकार कुण्ठित गर्न पाइन्छ।

जब मान्छेका ऑखाबाट ऑसुका थोपा झर्छन, ती थोपाहरू अडिन देश चाहिन्छ । जब मान्छे थकानले जर्जर हुन्छ र खुट्टाहरू काम्न थाल्छन, तब बिसाउन देश चाहिन्छ ।

जब सहारा सकिन्छ र मान्छे एक्लो हुन्छ, तब समाउन देश चाहिन्छ।” गएको बर्षमात्र भारतबाट १ खर्ब २८ अर्ब भन्दा बढि विप्रेषण (रेमिट्यान्स) नेपाल भित्रिएको अनुमान छ। नेपालको अर्थतन्त्रको लागि यति महत्वपूर्ण भरोसाले स्वयम सरकारी भरोसा किन पॉउन सकेन ? बिभिन्न पत्र पत्रिकाहरूमा हिजो आज यहि बिषयले मनग्य स्पेस पाएको छ।

अन्तमा, देशको परिभाषा भित्र भूगोल मात्र होइन, नागरिक पनि अटाउछन । नागरिकको सार्वभौम अधिकारको सम्मान पहिलो प्राथमिकता हुनु पर्दछ।

बलिउड चलचित्र ‘वान्टेड’ मा नायकले ब्यक्त गरेको एक सम्वाद ‘ once i made a decission, i never thought about it again’ जस्तो निस्पृहता नेपाली राजनीतिको चरित्र नबनोस।

सरकारको अगाडी आज आई परेका सघन चुनौतिहरू मत्थर हुदै जाउन, शुभकामना । सबैको जय होस।

IME Lifesidebar
kumari