stcnepal long ad
ime life insurance
national life
global ime bank long

संसारा रेमिट र पशुपति पे इण्डियाबीच साझेदारी

मोबाइलबाटै भारतबाट नेपाल पैसा पठाउन सकिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त रेमिट्यान्स कम्पनी संसारा रेमिट र पशुपति पे इण्डियाबीच रणनीतिक साझेदारी भएको छ। यस साझेदारीसँगै भारतमा रहेका लाखौँ नेपालीहरूले औपचारिक तथा वैधानिक माध्यमबाट मोबाइलको एक क्लिकमै नेपालमा पैसा पठाउन सक्ने भएका छन्।

भारतमा रहेका नेपालीहरूले पशुपति पे एप डाउनलोड गरी अनलाइन केवाईसी प्रमाणीकरण पूरा गरेपछि घर, कार्यस्थल वा भारतको जुनसुकै स्थानबाट नेपालमा पैसा पठाउन सक्नेछन्। यसका लागि भौतिक एजेन्ट वा शाखा कार्यालयमा पुग्नुपर्ने आवश्यकता हुँदैन।

हालसम्म धेरै सेवाग्राहीहरूलाई पैसा पठाउन एजेन्ट वा सेवा केन्द्रमा जानुपर्ने बाध्यता थियो। तर पशुपति पे एपमार्फत अब सम्पूर्ण प्रक्रिया मोबाइलबाटै पूरा गर्न सकिनेछ। यसले समय र लागत दुवै बचत हुने र सुरक्षित र भरपर्दो तवरले नेपाल पैसा पठाउन सकिने कम्पनीले जनाएको छ।

संसार रेमिटका डीजीएम राजीव पोखरेलले भारतको जुनसुकै स्थानबाट २४सै घण्टा नेपालका बैंक खाता र डिजिटल वालेटहरूमा सिधै रकम पठाउन सकिने बताए। उनका अनुसार एपमार्फत परम्परागत माध्यमहरूभन्दा कम लागतमा पूर्ण रूपमा सुरक्षित र वैधानिक तवरले नेपालमा पैसा पठाउन सकिनेछ।

साथै सेवा शुल्क (कमिसन) समेत प्रतिस्पर्धी तथा तुलनात्मक रूपमा कम रहेको छ। नयाँ ग्राहकहरूका लागि पहिलो कारोबार निःशुल्क रूपमा गर्न सकिने व्यवस्था पनि गरिएको छ।

भारतमा करिब ३० देखि ३५ लाख नेपाली रहेको अनुमान छ। यीमध्ये करिब १०–१५ प्रतिशतले मात्र नेपाल पैसा पठाउन औपचारिक माध्यम प्रयोग गरिरहेको अवस्थामा यो सेवाले हुन्डीजस्ता अवैध कारोबारलाई निरुत्साहित गर्न सघाउने अपेक्षा गरिएको छ।

संसारा रेमिटले हाल विश्वका २०० भन्दा बढी देश तथा क्षेत्रबाट नेपालमा रेमिट्यान्स सेवा उपलब्ध गराउँदै आएको छ। कम्पनीले नेपालभरका बैंक तथा वित्तीय संस्था तथा प्रमुख डिजिटल वालेटहरूमार्फत झन्डै दुई दशकदेखि सेवा प्रदान गर्दै आएको छ।

IME Lifesidebar
kumari