stcnepal long ad
ime life insurance
national life
global ime bank long

खल्तीले ल्यायो ‘स्टक हब’, सेयर बजारको सम्पूर्ण जानकारी अब एउटै एपमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। आइएमई खल्ती लिमिटेड (खल्ती) ले ‘खल्ती स्टक हब’ सेवा सार्वजनिक गरेको छ।खल्तीले वार्षिक रुपमा गर्ने महोत्सव खल्ती जात्रा २०८३ को अवसरमा सार्वजनिक गरिएको यो सेवा मार्फत प्रयोगकर्ताहरूले अब नेप्सेको लाइभ डाटा, टप गेनर/लुजर, आईपीओ पाइपलाइन लगायत सेयर बजारसँग सम्बन्धित सम्पूर्ण जानकारी खल्ती एपबाट नि:शुल्क प्राप्त गर्न सक्नेछन् ।

नेपालमा लाखौं डिम्याट खाता भए पनि सही जानकारी र भरपर्दो प्लेटफर्मको अभावले गर्दा ठूलो संख्याका लगानीकर्ताहरू दोस्रो बजारको कारोबारमा जोडिन सकेका छैनन्। खल्ती स्टक हबले यही  अभावलाई परिपूर्ति गर्दै सेयर बजारको  पहुँचलाई  थप सहज बनाउने लक्ष्य राखेको बताएको छ ।

यो प्लेटफर्म सेयर किनबेच गर्ने (ट्रेडिङ) प्लेटफर्म भने होइन तर यसले लगानीकर्ताहरूलाई ब्रोकरमार्फत कारोबार गर्नुअघि बजारको अवस्था बुझ्न, विश्लेषण गर्न र सुसूचित निर्णय लिन मद्दत गर्नेछ ।

आइएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने, ‘नेपालको पुँजी बजार प्रत्येक नेपालीको हो, केवल विशेषज्ञहरूको होइन। सही जानकारी र सजिलो उपकरणको अभावले लाखौं नागरिकले डिम्याट खाता खोलेर पनि कारोबार गर्न सकेका छैनन्।

जुम्लाको किसानदेखि कतारमा काम गर्ने कामदारसम्म सबैले आफ्नो खल्ती एपबाटै सेयर बजार बुझ्न, ट्र्याक गर्न र सोचेर लगानी गर्न सक्नेछन्। खल्ती अब केवल डिजिटल भुक्तानीको माध्यम मात्र होइन यो नेपालीहरूलाई वित्तीय अनुशासन र लगानीको संस्कार सिकाउने एक अनुभव प्लाटफर्म हो।’

IME Lifesidebar
kumari