citizens life insurance long ad
prabhu mahalaxmi
IME Life

इसेवा मनी ट्रान्सफर चौंथो वर्षमा प्रवेश

कम्पनीले आर्थिक वर्ष २०७९/८० मा रेमिट्यान्स भित्राउन एक महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै नेपाल राष्ट्र बैंकबाट पनि सम्मानित भएको थियो।

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । इसेवा मनी ट्रान्सफरले आइतबार आफ्नो कार्य सञ्चालनको चौंथो वार्षिकोत्सव मनाउँदै छ। ४ वर्षअघि फिन टेक कम्पनी–एफवान सफ्ट ग्रुप अन्तर्गत स्थापना भएर सञ्चालनमा आएको ट्रान्सफरले आफ्नो कार्य थालनीको आइतबार ४ वर्ष पुरा गरेको हो।

कम्पनीले हाल संसारका २०० भन्दा बढी मुलुकबाट ४५ वटाभन्दा बढी अन्तराष्ट्रिय रेमिट्यान्स साझेदारको सहायतामा नेपालमा रेमिट्यान्स भित्राउँदै आइरहेको जनाएको छ।

कम्पनीका अनुसार हाल मुलुकका ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट र साथै इसेवा वालेटबाट सहजै उपभोक्ताहरूले इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवाको लाभ उठाइरहेका छन्।

कम्पनीले आर्थिक वर्ष २०७९/८० मा रेमिट्यान्स भित्राउन एक महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै नेपाल राष्ट्र बैंकबाट पनि सम्मानित भएको थियो।

चौंथो वार्षिकोत्सवको अवसरमा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले कार्य सञ्चालनको ४ वर्षमै इसेवा मनी ट्रान्सफरले विदेशमा रहेका नेपालीहरूको मन जितेर पहिलो रोजाइ बन्न सफल भएकोमा आफूहरू उत्साहित भएको बताए।

डिजिटल माध्यमलाई प्रोत्साहन गर्दै कम्पनीले यो वर्ष पनि ‘मेरो डिजिटल देश’ अभियान लाई निरन्तरता दिएको जनाएको छ। जसमा एक जना भाग्यशाली विजेताले फेरि पनि काठमाडौंमा नयाँ घर जित्न सक्ने छन्।

 

IME Life
kumari