citizens life insurance long ad

अब हिमाल रेमिटको रेमिटान्स भुक्तानी राष्ट्रिय वाणिज्य बैंक मार्फत हुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । अब हिमाल रेमिटको रेमिटान्स भुक्तानी राष्ट्रिय वाणिज्य बैंक मार्फत हुने भएको छ ।विश्वका जुनसुकै देशहरूमा रहनुभएका आफन्तहरूले हिमाल रेमिटबाट पठाएको वैदेशिक रेमिटान्स अब राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ७७ जिल्लामा रहेका दुई सय ८४ वटा शाखा कार्यालयहरूबाट भुक्तानी हुने भएको छ ।

दूर दराजमा रहेका ग्राहकहरूले पनि यो सुविधा प्राप्त गर्न सक्नेछन । यसपछि बैंकका ग्राहकहरू तथा अन्य वैदेशिक रेमिटान्स प्राप्त गर्ने ग्राहकहरूलाई नेपालमा रेमिटान्स प्राप्त गर्न सहज हुने भएको छ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र हिमाल रेमिटका लागि प्रिन्सिपल एजेन्ट सी एफ एस रेमिट प्रा.लि,का बीच यस अघि भएको सम्झौतापत्रमा बैंकका तर्फबाट विभागीय प्रमुख ऋषि राम ढकाल र प्रिन्सिपल एजेन्ट सी.एफ.एस. रेमिटका प्रमुख कार्यकारी अधिकृत बवि शर्माले हस्ताक्षर गरेका थिए ।

बैंकका हाल ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २ सय ८४ शाखा कार्यालय, २ सय ६९ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा, ६५ वटा एक्सटेन्सन काउण्टर, क्युआर कोड सेवा, पीओएस सेवा, क्रेडिट कार्ड, डेभिड कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्युआर टेलर, इन्टरनेट बैंकिङ्ग, परिष्कृत रूपको मोबाइल बैंकिङ्ग (डिजिटल संसार) तथा बिना इन्टरनेट चल्ने यसएसडीटी मोबाइल बैंकिङ्गका सेवाहरू समेत सञ्चालनमा रहेका छन ।

IME Life
kumari