citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

चित्र कोर्ने कलाकारका दृष्टिमा काठमाडौँको भव्यता अतुलनीय छ –उपप्रमुख डंगोल

इन्द्रजात्रा हेर्न आएका पाहुनालाई कला प्रदर्शनीमा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले चित्र कोर्ने कलाकारका आँखामा काठमाडौँको भव्यता अतुलनीय रहेको बताउनुभएको छ ।

यँया (इन्द्रजात्रा) अवलोकन गर्न आएका स्वदेशी विदेशी अतिथिलाई ‘हाम्रो राम्रो उपत्यका’ कला प्रदर्शनी उद्घाटन तथा अवलोकन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

नेपाल कला परिषद (नेपाल आर्ट काउन्सिल) ववरमहलमा असोज १३ — २३ (३० सेप्टेम्बर — १० नोभेम्बर) सम्म हुने  प्रदर्शनीअन्तर्गत  असोज १२ गते विशेष प्रदर्शनी गरेर अवलोकन गराइएको हो ।

प्रदर्शनी उद्घाटन गर्दै डंगोलले, छोटो अवधिका लागि आउनु भएका अतिथिलाई काठमाडौँका सबै ठाउँमा घुम्न लैजान कठिन भएकोले, उपत्यकाको प्रकृति र संस्कृतिका विषयमा कलाकारले कोरेका तस्विर प्रदर्शनी गरिएको जानकारी दिनुभयो ।

‘कलामा काठमाडौँलाई अनेक कोणबाट नियाल्न मिल्छ । यसबाट सम्पदा संरक्षणमा काम गर्नेहरुका लागि थप सिर्जनात्मक आयाम प्राप्त भएको छ ।’

उहाँले भन्नुभयो, ‘चित्रकला मार्फत काठमाडौँको संस्कृति र प्रकृतिलाई प्रवर्धन गर्ने उद्देश्यले कला परिषदसँग महानगरपालिकाले सहकार्य गर्नेछ ।’

परिषदमा ४५ जना कलाकारका ६१ वटा चित्र प्रदर्शनमा राखिएका छन् । जीवनका अनुभूतिहरु, प्रकृति र सम्पदाको गरिमा, भैरव र शिवका अभिव्यक्तिहरु रङ्गको प्रयोगबाट गरिएको जीवन्त प्रस्तुति प्रदर्शनको मुख्य विशेषता हो ।

himalayan life insurance
igi long