stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

काठमाडौँ महानगरले ३१ औँ दिवस मनाउँदै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सोमबार आफ्नो ३१ औँ दिवस मनाउने भएको छ । सोमबार बिहान महानगरले राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा ३१ औँ महानगर दिवस मनाउन लागेको हो ।

काठमाडौँ महानगरका सूचना अधिकारी नूरनिधि न्यौपानेले सोमबार बिहान ९ बजे सैनिक मञ्चमा राष्ट्रपतिको उपस्थितिमा दिवस मनाउन लागेको जानकारी दिनुभयो ।

महानगरले स्रष्टा सम्मान भन्दै १० जना व्यक्तिलाई सम्मान गर्नुका साथै विभिन्न जातजातिको सांस्कृतिक प्रस्तुतिसमेत गरिने उहाँले बताउनुभयो । अरू औपचारिक मन्तव्यसहित साङ्गीतिक प्रस्तुति रहने छ । महानगरले हरेक वर्ष यो दिवस मनाउँदै आएको छ ।

यही अवसरमा काठमाडौँ महानगरपालिकाले २३५ जना परम्परागत बाजा गुरुहरूलाई जनही नगद ३० हजार रुपियाँसहित सम्मान गरेको छ । आइतबार राष्ट्रिय सभा गृहमा आयोजित समारोहमा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गत, समितिका सदस्यहरू, कार्यपालिका अन्तर्गतका समितिका संयोजकहरूले सम्मान गर्नुभएको हो ।

सम्मानित हुने गुरुहरूमा ज्यापू महागुथि नेपाः, येँ महानगर समितिबाट सिफारिस हुनुभएका परम्परागत ६३ टोलका ६३ जना मुधिमे गुरु र ५२ जना दाफा खिं गुरु हुनुहुन्छ ।

गुंलाबाजं व्यवस्थापन व संरक्षण सङ्घबाट सिफारिस हुनुभएका २६ टोलका एक एक जना गुरु, नेपाल खड्गी सेवा समितिबाट सिफारिस हुनुभएका ६९ टोलका एक एक जना नायःखिं बाजा गुरु, नेपाल राष्ट्रिय खड्गी समाजबाट १४ टोलबाट सिफारिस हुनुभएका १४ जना गुरु हुनुहुन्छ । यस्तै केन्द्रीय मानन्धर सङ्घबाट सिफारिस हुनुभएका चार टोलका चार जना र विभिन्न सङ्घसंस्थाहरूबाट सिफारिस हुनुभएका सात जना बाजा गुरुलाई सम्मान गरिएको छ ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले स्वस्फूर्त परम्परागत वादन संस्कृति जोगाउन योगदान गर्नुहुने बाजा गुरुहरूले प्रदान गरेको जीवन्तता कायम राख्न महानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।

“परम्पराको संरक्षण र प्रवर्धन अहिले नै आँखाले देखे जस्तो दृश्यात्मक हुँदैन तर अमूल्य हुन्छ । पछिल्लो समयका प्रशिक्षण र सांस्कृतिक क्रियाकलापमा युवाको आकर्षण बढ्नुले संस्कार पुस्तान्तरण हुने वातावरण बनेको छ,” उहाँले भन्नुभयो ।

prabhu mahalaxmi
kumari