stcnepal long ad
ime life insurance
national life
global ime bank long

कामपाको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शैक्षिकसत्र २०८२/८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि आयोजित प्रवेश परीक्षामा १६ हजार १३७ विद्यार्थी परीक्षामा सहभागी हुन पाउने भएका छन् ।

देशभरका ७७ जिल्लाबाट कुल १७ हजार २२९ आवेदनमध्येबाट १६ हजार १३७ वद्यार्थी छनोट भएका हुन् ।

कामपा शिक्षा विभागका शिक्षा अधिकृत लक्ष्मी पौडेलका अनुसार पहिचान खुल्ने नागरिकता वा जन्मदर्ता, सार्वजनिक विद्यालयबाट अध्ययन गरेको भए सोको प्रमाण, संस्थागत विद्यालयमा अध्ययन गरेको भए छात्रवृत्तिमा पढेको अथवा कामपामा स्थायी बसोबास भएको प्रमाण संग्लग्न नभएका एक हजार ९२ आवेदन अस्वीकृत भएका हुन् ।

शिक्षा विभागका अनुसार छनोट भएका विद्यार्थीमा विज्ञान सङ्कायमा ११ हजार ५९०, व्यवस्थापन सङ्कायमा चार हजार १६४, मानविकी सङ्कायमा ३२, शिक्षा सङ्कायका लागि ९५ र कानुन सङ्कायका लागि दुई सय ५६ जना समावेश छन् । छनोट भएका विद्यार्थीलाई इमेल र फोनमार्फत सूचना पठाइसकेको कामपाले जनाएको छ ।

छात्रवृत्ति प्रवेश परीक्षा साउन ३ गते बिहान ८ः०० देखि १०ः०० बजेसम्म हुनेछ । परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित हुनेछ । जसमा अनिवार्य गणित, विज्ञान र अङ्ग्रेजी विषयबाट ३०/३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० बहुवैकल्पिक प्रश्न सोधिनेछन् । परीक्षा उत्तीर्ण गर्न न्यूनतम ४० प्रतिशत अङ्क ल्याउनुपर्नेछ ।

परीक्षाको नतिजा प्रकाशनपश्चात मेरिट सूचीका आधारमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ । यो कार्यक्रमले आर्थिक रूपमा कमजोर तर मेधावी विद्यार्थीहरूलाई कक्षा ११ र १२ मा आफूले रोजेको संस्थागत विद्यालयमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर प्रदान गरेको कामपाको भनाइ छ ।

कामपाले उक्त कार्यक्रममार्फत गुणस्तरीय शिक्षालाई पहुँचयोग्य बनाउन विद्यार्थीको शैक्षिक भविष्यलाई उज्ज्वल बनाउन प्रयास गरिरहेको छ । कामपाले अनिवार्य रूपमा कार्यन्वयनमा ल्याएको उक्त व्यवस्थाले विद्यार्थीलाई शिक्षा प्राप्त गर्न ठूलो सहयोग पुगेको विश्वास लिएको छ ।

IME Lifesidebar
prabhu mahalaxmi
kumari